हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडाका ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
हिजो साँझ स्वाब सङ्कलन गरी परीक्षण गरेको रिपोर्ट आज सार्वजनिक गर्दै मेडिकल कलेजले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ की २२ वर्षीया महिला, वडा नम्बर १४ की २५ वर्षीया महिला र वडा नम्बर १५ का ५८ वर्षीय पुरुष रहेका छन् । उनीहरु कोरोना परीक्षणका लागि मात्रै मेडिकल कलेज गएका थिए या उपचारका लागि त्यहाँ पुगेका थिए भन्ने यकिन गरिएको छैन ।