
हेटौँडा : मकवानपुरमा ३० प्रतिशत मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा १२ः१५ बजेसम्म ३० प्रतिशत मतदान सम्पन्न भएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडा, बागमतीका प्रमुख हरिप्रसाद ढकालका अनुसार हालसम्म ३० प्रतिशत हाराहारीमा मतदान भएको छ ।
जिल्लाभर निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको ढकालले जानकारी दिए । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र मकवानपुर–१ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्रमार्फत एक लाख ५८ हजार ४३४ मतदाताले मतदान गर्नेछन् । त्यस्तै मकवानपुर२ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्रमार्फत एक लाख ५६ हजार ८९९ मतदाता सहभागी हुनेछन् ।