हेटौँडा : मकवानपुर जिल्लामा विहान ९ बजेसम्ममा करिब १२ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा हालसम्म १२ प्रतिशत मत खसेको हो ।
बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लामा उत्साहपूर्वक शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । मकवानपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत २ वटा निर्वाचन क्षेत्रको १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र रहेका छन् ।
