Home मुख्य समाचार भीमफेदी कारागारका १४९ कैदीवन्दी मतदान गरे

भीमफेदी कारागारका १४९ कैदीवन्दी मतदान गरे

हेटौँडा : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहिबार भइरहेको मतदान कार्यक्रममा मकवानपुरको भीमफेदी कारागारका १४९ कैदीबन्दीले मतदान गरेका छन् । क्षेत्रीय कारागार भीमफेदीमा रहेको अस्थायी मतदान केन्द्रबाट दिउँसो १ः३० बजेसम्म १४९ जनाले मत दिएका हुन् ।

१६२ मतदातामध्ये १४९ मत खसेको हो । भीमफेदी कारागार ४ महिलासहित १६६ मतदाता रहेकोमा ४ जना जेलबाट छुटि गएकाले १६२ जना मतदाता रहेका छन् । तीमध्ये ४ जना महिलासहित १४९ जना कैदीवन्दीले मतदान गरेका छन् । उनीहरुले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

Exit mobile version