Home मुख्य समाचार सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा थाहा नगरका सुशान्तको मृत्यु

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा थाहा नगरका सुशान्तको मृत्यु

हेटौँडा : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरस्थित मदन भण्डारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती ९ बजेर ३० मिनेटको समयमा सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको वा ४४ प ९८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ बस्ने ३१ वर्षीय सुशान्त चित्रकार गम्भिर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा आइतबार राती नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version