Home मुख्य समाचार नेपाल बन्धु परिषद्को अध्यक्षमा भवनाथ

नेपाल बन्धु परिषद्को अध्यक्षमा भवनाथ

अधिवेशनको उद्घाटन गरिँदै ।

हेटौँडा : नेपाल वंशज परिषद् मकवानपुरको प्रथम अधिवेशन हेटौँडामा मंगलबार सम्पन्न भएको छ । भवनाथ नेपालको अध्यक्षता तथा नेपाल वंशज परिषद्का केन्द्रीय अध्यक्ष अनिल कुमार उपाध्याय नेपालको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि अनिल कुमार उपाध्याय नेपालले नेपालमा करिब १ लाख जनसंख्या नेपाल वंशजको रहेको र नेपालहरू पश्चिम दैलेखको दुल्लुबाट बसाइ सरी नेपालका विभिन्न ठाउँहरूमा बसोबास गरिरहेको जानकारी जानकारी गराउनुभयो । अधिवेशनले भवनाथ नेपालको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मातृका नेपाल, सचिवमा माधव नेपाल, सहसचिवमा भरत नेपाल, कोषाध्यक्षमा विकास नेपाल र सदस्यहरूमा सुदर्शन नेपाल, मिनप्रसाद नेपाल, जनार्दन नेपाल, विष्णुप्रसाद नेपाल, राजबाबु नेपाल, शंकर नेपाल, मदनप्रसाद नेपाल, भगिरथ नेपाल (रामजी), रजनी नेपाल, नवराज नेपाल र पुष्पराज नेपाल चयन हुनुभएको छ ।

अधिवेशन पश्चात नवनिर्वाचित समितिको प्रथम बैठकले केन्द्रीय प्रतिनिधिमा विजय नेपाल र प्रदेश प्रतिनिधिमा नवीन नेपाललाई चयन गरेको छ भने सल्लाहकारमा इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद नेपाल, विश्वनाथ नेपाल र जितेन्द्र नेपाललाई मनोनयन गरेको छ । अधिवेशनले मकनपुरमा रहेका नेपाल बन्धुहरूको लगत संकलन गर्ने, कुल पूजामा एकरुपता ल्याई सकेसम्म एकै ठाउँमा गर्ने, ७० वर्ष नाघेका नेपाल बन्धुहरूलाई सम्मान गर्ने र निकट भविष्यमा मैत्रीपूर्ण वनभोज कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।

Exit mobile version