हेटौँडा : चितवनको मुग्लिनस्थित होटलमा श्रममा रहेका ६ जना बालबालिकाको उद्दार गरिएको छ । मुग्लिनको रामायण होटल मारवाडी शुद्ध साकाहारी भोजनालय एण्ड गेष्ट हाउस र दर्शन होटल एण्ड लजबाट ४ बालक र २ बालिकाको उद्दार गरिएको हो ।
उद्दार गरिएका बालबालिकाहरूको उमेर ९ वर्षदेखि १६ वर्षसम्म रहेको छ । हाल उनीहरू सिविन बाल हेल्पलाइन हेटौँडाको संरक्षणमा रहेका छन् । बाल हेल्पलाइन मकवानपुर, श्रम तथा रोजगार कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनको संयुक्त टोलीले श्रममा रहेका बालबालिकाको उद्दार गरिएको बाल हेल्पलाइन हेटौँडाका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
बालहेल्प लाइनमा प्राप्त विवरणका आधारमा स्थानीय प्रशासन, प्रहरी र पालिकासँग समेत समन्वय गरेर उद्दार गरिएको सिविन बालहेल्पलाइनका प्रबन्धक ज्ञवालीले जानकारी दिनुभएको छ । उद्दार गरिएका बालबालिकालाई परिवारसम्म पु¥याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभएको छ ।
