Home मुख्य समाचार ध्वनी प्रदूषण गर्ने १२ वटा मोटरसाइकल नियन्त्रण

ध्वनी प्रदूषण गर्ने १२ वटा मोटरसाइकल नियन्त्रण

प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलहरु ।

हेटौँडा : हेटौँडा बजार क्षेत्रमा स्वरुप परिवर्तन गरी तथा अत्यधिक ध्वनी प्रदूषण गर्दै मोटरसाइकल चलाइरहेको भन्ने जनगुनासोको आधारमा प्रहरीले १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
शनिबार र आइतबार ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बजार क्षेत्रमा चेकजाँच गर्ने क्रममा विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले बा.प्र.०३–००६ प ४८९८, प्र.३–०२–००९ प ५१८१, ना ४३ प ९८, बा.प्र.०३–००५ प ७५८८, बा.प्र.३–००५ प ९६१९, बा ३९ प ९१४१, बा.प्र.०३–००५ प ९०९०, बा ५४ प ४८९८, ध १ प ५९२३, प्र.३–०२–०१० प ९९०८, ना ५७ प ८५०७ र बा.प्र.०६–००१ प ८७५० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ बमोजिम कसुरमा आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय, हेटौंडामा पठाइएको प्रहरीले जनाएको छ ।

Exit mobile version