हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ अन्तर्गत नारायणी नदी किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबार बिहान ७ बजेर २० मिनेटको समयमा हाल नामथर नखुलेको अन्दाजी ६० वर्षीया माहिला मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आयुस्मा मोटर बोट नजिकै पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी थिइन् । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
