हेटौँडा : कुनै पनि राजनीतिक दलमा आवद्ध नभई पेशागत हकहितका लागि क्रियाशील रहने स्वतन्त्र पत्रकार संघ नेपालको सुर्खेत शाखा विस्तार भएको छ । सोमबार स्वतन्त्र पत्रकारहरुको भेलाबाट कारखाना मिडियाका सन्तोष भण्डारीको अध्यक्षतामा ७ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।
स्वतन्त्र पत्रकार संघ सुर्खेतको उपाध्यक्षमा असल शासन मिडियाका ललिता बिश्वकर्मा ओड, सचिवमा असल शासन मिडियाकै सुशील सुनार, कोषाध्यक्षमा इन्फो कर्णालीका कमल शाही निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा इन्फो कर्णालीका धिरेन्द्र शाही, कारखाना मिडियाका मनोज बोहरा र आशिका बुढा चयन हुनुभएको छ ।










