हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टको वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । बुधबार म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको सभाध्यक्षतामा हेटौँडा–४, हुप्रचौरमा खेलकुद सुरु भएको हो ।
म्यानेजमेन्टले रिले दौड, दौड, लङ्ग जम्प, हाई जम्प, ट्रिप्ल जम्प, सट पुट, भला फाल्ने लगायतका खेलहरु शुक्रबारसम्म आयोजना गर्नेछ । प्रतियोगितामा छात्र र छात्रा बीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने एक जना सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ पुरस्कार दिने म्यानेजमेन्टले जनाएको छ । उद्घाटन समारोहमा मकवानपुर जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डे, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको पनि आतिथ्य रहेको थियो ।











