हेटौँडा : बागमती प्रदेश सभाको आयोजनामा भएको रक्तदानमा १६ जनाले रक्तदान गरेका छन् । बुधबार प्रदेश सभाको आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन उपसभामुख अप्सरा चापागाईले रक्तदान गरेर गर्नुभएको थियो ।
कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । केन्द्रमा अहिले ‘ए’ पोजेटिभ ग्रुपको रगतको अभाव रहेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । माघ २० गते भिमफेदी गाउँपालिकामा एक सहकारीको आयोजनामा रक्तदान कार्यक्रम रहेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।










