राष्ट्रिय सभा सदस्य निर्वाचित गीता देवकोटा र डा. प्रेमप्रसाद दंगाल (बीचमा) ।

हेटौँडा : राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गीता देवकोटा र डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन् । एमाले–कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् ।

महिला क्लस्टरमा कांग्रेसका देवकोटाले ६ हजार २३९ मतसहित निर्वाचन जितेकी हुन् । उनले प्रदेश सभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाइन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोज कुमारी झाले २ हजार ५२२ मत पाइन् । झाले प्रदेश सभातर्फ २५ र स्थानीय तहतर्फ ६३ मत पाइन् । सोही पदमा उम्मेदवार बनेकी नेमकिपाकी कविता महर्जनले १९७ मत पाइन् । उनले प्रदेश सभातर्फ ३ र स्थानीय तहतर्फ २ मत पाइन ।

प्रदेश सभातर्फ कुल ८९ मतदाता मध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तहतर्फ २२९ मत मध्ये २२६ मत सदर भएको थियो । ३ मत बदर भएको थियो । अन्य क्लस्टरमा उम्मेदवार बनेका डा. देवकोटाले ६ हजार २०५ मतसहित निर्वाचन जितेका हुन् । उनले प्रदेश सभातर्फ ५९ मत र स्थानीय तहतर्फ १६२ मत पाएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत पाए । उनले प्रदेश सभातर्फ २५ र स्थानीय तहतर्फ ६४ मत पाए । नेमकिपाका उम्मेदवार विक्रम ढुकुछुले १९७ मत पाए ।