हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–१५, फारलाईनस्थित सेल्फीरोडबाट लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो २ बजेर १५ मिनेटको समयमा लागूऔषध विक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडाबाट फारलाईनतर्फ जाँदै गरेको ना २ ह ९४४ नम्बरको अटोलाई सुरक्षाजाँच गर्दा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले अटोबाट ४ ग्राम ६९० मिलिग्राम खैरो हेरोइनसहित हेटौँडा–१२ का २८ वर्षीय उमेश विक, हेटौँडा–४ का ५० वर्षीय देव लामा र राक्सिराङ गाउँपालिका–३, केराबारीकी २९ वर्षीया सिर्जना दोङलाई पक्राउ गरेको छ । लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
