Home खेलकुद ज्ञानदीप रजत महोत्सव, छात्र भलिबलको फाइनलमा ज्ञानोदय र ज्योति मावि

ज्ञानदीप रजत महोत्सव, छात्र भलिबलको फाइनलमा ज्ञानोदय र ज्योति मावि

फाइल तस्वीर ।

हेटौँडा : हेटौँडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था तथा ज्ञानदीप शिक्षा (जीएस) निकेतनको रजत महोत्सवको अवसरमा आयोजित नगरस्तरीय छात्र भलिबल प्रतियोगिताको फाइनलमा हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय र हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालय पुगेको छ ।

शनिबार बिहान सम्पन्न सेमीफाइनल खेलमा ज्योतिले हेटौँडा–३ स्थित सनसाइन इंग्लिस बोर्डिङ स्कूललाई २–० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै ज्ञानोदयले हेटौँडा–९ स्थित कृष्णआदर्श इंग्लिस बोर्डिङ स्कूललाई २–० को सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको छ ।

शनिबार दिउँसो नै फाइनल खेल हुने जीएस निकेतन माविका सहायक प्रिन्सीपल दीपक गौतमले जानकारी दिनुभएको छ । हुप्रचौरस्थित भलिबल कोर्टमा हुने फाइनल खेलको विजेताले नगद १५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

Exit mobile version