हेटौँडा : अटिजम भएका बालबालिकाको स्याहार तथा उपचार गर्ने गरी हेटौँडा–४, हुप्रचौरमा संजीवनी अटिजम केयर सेन्टर सञ्चालनमा आएको छ । शुक्रबार हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले संजीवनी अटिजम केयर सेन्टरको उद्घाटन गर्नुभयो ।
बालबालिकामा अटिजमको समस्या बढ्दो क्रममा रहेको र हेटौँडाको आवश्यकतालाई ध्यान दिएर अटिजम केयर सेन्टर स्थापना गरिएको बताइएको छ । कार्यक्रममा वडाध्यक्षहरु रामकृष्ण कोइराला, उद्धव सत्याल, नवीन सिग्देल, सुशील घिमिरे, हेटौँडा अस्पतालका बालस्वास्थ्य विशेषज्ञ डा. हरिबहादुर खड्काको पनि आतिथ्य रहेको थियो । अटिजम सेन्टरले अटिजम भएका बालबालिकाको दिवाकालिन सेवा, थेरापी तथा विकासात्मक कार्य प्रदान गर्ने जनाएको छ ।
