Home खेलकुद शिक्षक फुटबलको फाइनल आज, ब्रह्मदिक् र नवोदय भिड्ने

शिक्षक फुटबलको फाइनल आज, ब्रह्मदिक् र नवोदय भिड्ने

हेटौँडा : वडास्तरीय शिक्षक ‘५ साइड’ फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार (आज) हुँदैछ । दिउँसो ३ बजेदेखि हुने फाइनल खेलमा नवोदय शिशु सदन र ब्रह्मादिक् एकेडेमी भिड्ने छ ।

शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को आयोजना तथा ब्रह्मादिक् एकेडेमीको व्यवस्थापनमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ अन्तर्गतका ४ वटा विद्यालयको सहभागिता रहेको छ । शुक्रबार भएको खेलमा नवोदय शिशु सदनले भुटनदेवी माध्यमिक विद्यालयलाई ९–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै अर्को खेलमा नवोदयले श्रमिक माध्यमिक विद्यालयलाई ७–२ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

यस्तै ब्रह्मदिक् एकेडेमीले श्रमिक माध्यमिक विद्यालयलाई २–१ गोलअन्तरले र भुटनदेवी माविलाई ६–३ गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेको हो । ब्रह्मदिक् एकेडेमीका शिक्षक अनुज कार्कीको संयोजकत्वमा प्रतियोगिता श्रमिक माविको खेलमैदानमा भइरहेको छ । प्रतियोगिताको उद्घाटन वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको थियो ।

Exit mobile version