हेटौँडा : जेसीआई हेटौँडाको वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष सन्तोष पराजुली पदस्थापित हुनुभएको छ । शुक्रबार साँझ हेटौँडामा एक समारोहका बीच पराजुली नेतृत्वको नवनिर्वाचित समिति पदस्थापित भएको हो ।
पुस १२ गते सम्पन्न निर्वाचन कार्यक्रममा जीवन ढकाललाई पराजित गर्दै पराजुली अध्यक्ष निर्वाचित हुनुभएको हो । यस्तै कार्यकारिणी उपाध्यक्षमा संजय कुमार न्यौपाने र विपिन ताम्राकार चयन हुनुहुँदा उपाध्यक्षमा अशोक कुमार सिंह, विनोद वाग्ले, विवेक बानियाँ र श्रृजन बज्राचार्य सर्वसम्मत चयन हुनुभएको थियो ।
पदस्थापनसँगै अध्यक्ष पराजुलीले महासचिवमा किरान आले, कोषाध्यक्षमा विश्वप्रसाद गौतम, शाखा सम्पादकमा प्रविन श्रेष्ठ, जनसम्पर्क अधिकृतमा प्रतिक कोइरालालाई नियुक्त गर्नुभएको छ । पदस्थापन समारोह बागमती प्रदेश सरकारको आर्थिक ममिला तथा योजना मन्त्री प्रभात तामाङको प्रमुख आतिथ्यमा भएको थियो ।











