हेटौँडा : जेसीआई मकवानपुरगढीको वर्ष २०२६ का लागि इरोज न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न साधारण सभाबाट कार्यकारिणी उपाध्यक्षमा सुवास अधिकारी र सुजन सापकोटा, उपाध्यक्षमा निश्चल चौलागाईं, किरण खनाल, पुष्कर बहादुर घिमिरे र विनम्र अधिकारी चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्षले पदस्थापन समारोहमा महासचिव, कोषाध्यक्ष, कानूनी सल्लाहकार, शाखा सम्पादकसहित विभिन्न पदमा सदस्यहरुलाई मनोनित गर्नेछ ।
