Home अर्थ/व्यापार ग्रील तथा स्टिल व्यवसायी संघमा नकर्मी

ग्रील तथा स्टिल व्यवसायी संघमा नकर्मी

नवनिर्वाचित अध्यक्ष रविकृष्ण नकर्मी ।

हेटौँडा : मकवानपुर ग्रील तथा स्टिल व्यवसायी संघको वार्षिक साधारण सभाबाट रविकृष्ण नकर्मी अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न १२औं वार्षिक साधारण सभाबाट नकर्मीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा गिरिराज न्यौपाने, सचिवमा कविराज पाठक, सहसचिवमा बलराम श्रेष्ठ, कोषाध्यक्षमा राजु जिसी चयन हुनुभएको छ । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । संघमा ८० व्यवसायी सदस्य छन् । निवर्तमान अध्यक्ष केशव प्रसाईको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन समारोह भएको थियो ।

साधारण सभाको उद्घाटन कार्यक्रममा केन्द्रीय अध्यक्ष ठूलोबाबु श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष, बागमती प्रदेश संयोजक तथा संघका प्रमुख सल्लाहकार प्रकाश पौडेल, घरेलु तथा साना उद्योग महासंघ नेपालको वस्तुगत उपाध्यक्ष मोहन कटुवाल, संघका पूर्वअध्यक्ष कुमार पौडेलको आतिथ्य रहेको थियो ।

Exit mobile version