प्रमुख अतिथिलाई मायाको चिनो हस्तान्तरण गरिँदै ।

हेटौँडा : हेटौँडा–४ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । रोयल पार्टी प्यालेसमा संस्थाका अध्यक्ष आयुषकुमार डोटेलको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ७ सय २१ जना शेयर सदस्यहरु संस्थामा गत आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार ४ सय ११ जना शेयर सदस्यहरु रहेका छन् । गत आर्थिक वर्षसम्म संस्थाको शेयर पुँजी ३ करोड १८ लाख ९८ हजार १ सय रुपैयाँ रहेको छ भने संस्थाको निक्षेप दायित्व २७ करोड ७ लाख ४५ हजार १ सय ६४ रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष शेयर सदस्य संख्या घटे पनि शेयर पुँजी १४ प्रतिशतले वृद्धि भएको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड ८७ लाख २० हजार ९ सय ७८ रुपैयाँ कुल आम्दानी प्राप्त गर्दा विभिन्न शीर्षकमा १ करोड ३३ लाख ७९ हजार ९ सय ३ रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०८१/०८२ आषाढ मसान्तसम्म संस्थाको तरलता ९ करोड ५० लाख ५३ हजार ८ सय ५ रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा ३१ करोड ६२ लाख ४४ हजार ९ सय ४१ रुपैयाँको कारोबार गरेको संस्थाले ४ लाख ८८ हजार १ सय ८८ रुपैयाँ खुद नाफा प्राप्त गरेको जनाएको छ । संस्थाको नगद सुरक्षणको लागि १० लाख रुपैयाँसम्मको क्यास इनसेफ र ५ लाख रुपैयाँसम्मको ट्रान्जित बीमा पनि गरेको छ ।

सहकारीले वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा उत्कृष्ट असल बचतकर्ताको रुपमा हेटौँडा–६ का कमलप्रसाद न्यौपाने र उत्कृष्ट असल ऋणीको रुपमा हेटौँडा–४ की झकमाया सिलवाल सम्मानित भएका हुन् । यसैगरी उत्कृष्ट युवा उद्यमी व्यवसायीका रुपमा पुरुषतर्फ अभिषेक अधिकारी र महिलातर्फ शर्मिला पुडासैनीलाई सम्मान गरिएको छ । संस्थाका वरिष्ठ कार्यालय सहायक सविना दंगाल र वरिष्ठ बजार प्रतिनिधि सविना न्यौपाने सम्मानित भएका हुन् ।