Home अर्थ/व्यापार दिव्यताराको सेयर सदस्य ११ हजार २३८ जना

दिव्यताराको सेयर सदस्य ११ हजार २३८ जना

साधारण सभाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि र अतिथिहरु ।

हेटौँडा : हेटौँडा–२ स्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौँडा–२ स्थित पल्पसा प्याराडाइज होममा संस्थाका अध्यक्ष गणेशबहादुर बल लामाको सभाध्यक्षतामा वार्षिक साधारणसभा भएको हो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्र बर्तौलाले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस सहकारीमा ११ हजार २ सय ३८ जना शेयर सदस्यहरु रहेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा ८ सय ६ जना नयाँ सदस्य थप भएको थियो भने ३ सय ९७ जनाले सदस्यता परित्याग गरेका थिए । संस्थाको कुल शेयर पुँजी १२ करोड २४ लाख ४९ हजार १ सय रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले शेयर सदस्यहरूबाट ७५ करोड ५१ लाख ८७ हजार ४ सय २ रुपैयाँ बचत संकलन गरेको छ ।

संस्थाले प्रत्येक वर्ष ११ अरबको वार्षिक कारोबार गर्दै आएकोमा यस वर्ष घटेर ९ अरबमा सीमित भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा संस्थामा बाह्य ऋण ४२ करोड ४९ लाख ४५ हजार २ सय ४८ रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ३ करोड १९ लाख ३५ हजार ३ सय ५३ रूपैयाँ रहेको छ । यस सहकारीको कुल सम्पत्ति १ अरब ४२ करोड ४३ लाख ९० हजार ६ सय ३७ रुपैयाँ रहेको छ । सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा ७० करोड ६३ लाख २ हजार ३ सय ६५ रुपैयाँ कर्जा लगानी गरेको छ भने ६७ करोड ४१ लाख ६५ हजार २ सय ८० रुपैयाँ साँवा र १६ करोड ५७ लाख ३२ हजार ४ सय ३७ रुपैयाँ ब्याज असुली गरेको जनाएको छ ।

संस्थाले २ करोड ७४ लाख ६२ हजार ४ सय ७१ रुपैयाँ मुनाफा प्राप्त गरेको छ । प्रतिशेयर १२ प्रतिशत लाभांश वितरण गर्ने संस्थाले जानकारी दिएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा सहकारीले ५ हजार शेयर सदस्य थप्ने लक्ष्य राखेको छ । वार्षिक साधारणसभाको अवसरमा असल मासिक बचतकर्ताको रुपमा मदन थापा मगर र असल दैनिक बचतकर्ताका रुपमा दर्शन फुयाँललाई सम्मान गरेको छ । उत्कृष्ट ऋणी सम्मानबाट सुप्रिया सिंह बानियाँ र ज्येष्ठ नागरिक बचतकर्ता सम्मानबाट गंगा घले गुरुङ नगदसहित सम्मानित भएका छन् । यसैगरी एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका शेयर सदस्यहरुका छोराछोरीलाई पनि सम्मान गरिएको हो । सम्मानित हुनेमा सामुदायिकतर्फ अर्पणा पोखरेल र सप्रता ढकाल छन् भने निजीतर्फ दिशिका कँडेल र अनुपस्था देवकोटा सम्मानित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष एवम् नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, विशिष्ट अतिथिहरु बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष नारायण देवकोटा र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version