नयाँ समिति चयनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको चौथो अधिवेशन तथा सातौँ वार्षिक साधारण सभा भक्तपुरको जगातीमा शनिबार सम्पन्न भएको छ । अधिवेशनले विजयकृष्ण महर्जनको अध्यक्षतामा २५ सदस्यीय बागमती प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

बागमती प्रदेशमा जिम्मेवारी पाएका मकवानपुर जिल्लाका व्यवसायीहरु रिजाल, खनाल, रिमालसँगै जिल्ला अध्यक्ष महेश रेग्मी (बायाँबाट क्रमशः)।

नवनिर्वाचित प्रदेश समितिमा मकवानपुरका ३ जनाले जिम्मेवारी पाएका छन् । प्रदेश समितिको द्वितीय उपाध्यक्षमा विज्ञान रिमाल, सदस्यमा रोशन खनाल, लेखा समिति सदस्यमा सृजन रिजाल सर्वसम्मत निर्वाचित हुनु भएको छ । अधिवेशनमा बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका प्रतिनिधिहरू सहभगी थिए । जिल्ला अध्यक्षहरु स्वतः प्रदेश समितिको सदस्य हुने व्यवस्था रहेको बताइएको छ ।