Home अर्थ/व्यापार ज्ञानदीप बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

ज्ञानदीप बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

साधारण सभामा उपस्थित अतिथिहरु ।

हेटौँडा : हेटौँडा–५, भैरवरोडस्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सहकारीका अध्यक्ष ऋषिराम पोखरेलको सभाध्यक्षता तथा संस्थापक सचिव तथा पूर्वअध्यक्ष बोधराज भुर्तेलको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो ।

साधारण सभाको अवसरमा शिक्षा, प्रशासन तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा पूर्वसचिव शिवप्रसाद बन्जरा र निवर्तमान सचिव दीपक खड्कालाई जनही ११ हजार १११ रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै, ज्ञानदीप पत्रकारिता पुरस्कार–२०८१ बाट रेडियो रेडियो निकास ९३.४ मेगाहर्ज र समृद्ध समाज राष्ट्रिय दैनिककी संवाददाता सुमिना चौलागाईंलाई ५ हजार ५५५ रुपैयाँ नगदसहित सम्मान गरिएको छ । पत्रकारितामार्फत समाजमा सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै चौलागाईलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै सहकारीका ज्येष्ठ नागरिक राधेश्याम श्रेष्ठ र नानी छोरी जोशीलाई नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको छ ।

यस्तै विद्यावारिधि उपाधि हासिल गर्ने संस्थाका पूर्वअध्यक्ष वासु प्रसाद सुवेदी, मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक शकर प्रसाद उपाध्याय, हेटौँडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिना, पूर्वप्राचार्य तथा मकवानपुर बहुमुखी क्याम्पसका सह प्राध्यापक खिलप्रसाद बराल, हेटौडा क्याम्पसका प्राचार्य लिलानाथ ढुंगेल, संस्थापक सदस्य दिलिप कुमार लाल कर्णलाई नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको छ । साधारण सभामा सहकारीका अध्यक्ष ऋषिराम पोखरेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै कोषाध्यक्ष मोहनप्रसाद न्यौपानेले आर्थिक वर्ष २०८१/८२ का मुख्य कार्यहरू, प्रस्तावित नीति तथा कार्यक्रमहरू बारे जानकारी गराउनुभएको थियो । सहकारीको कोष तथा दायित्व ५ करोड ७० लाख २२ हजार ३०९ रुपैयाँ रहेको छ । यस्तै २०८१ सालमा ५ करोड २२ लाख ८ हजार ६६७ रहेको थियो । सहकारीमा हाल ५७८ जना शेयर सदस्यहरू रहेका छन् ।

यस्तै सहकारीले सञ्चालन गरेको जिएस निकेतन माध्यमिक विद्यालयका प्रिन्सिपल ईश्वरप्रसाद लामिछानेले साधारण सभामा विद्यालय व्यवस्थापन समितिले प्रस्तुत गरेको विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा उहाँले विद्यालयको २५ औँ शैक्षिक वर्ष पूरा भएको अवसरमा रजत महोत्सव मनाउने बारे जानकारी गराउनुभएको थियो । विद्यालयमा हाल एक हजार ४८६ जना विद्यार्थी रहेका छन् । कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, १८ नम्बर वडा अध्यक्ष अनिल बानियाँ, राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख बद्री बहादुर पाठकको आतिथ्य रहेको थियो ।

Exit mobile version