Home मुख्य समाचार हेटौँडाको नगर सभा सुरु हुन सकेन

हेटौँडाको नगर सभा सुरु हुन सकेन

नगर सभामा सहभागीहरु ।

हेटौँडा : हेटौंडा उपमहानगरपालिकाको १८औं नगरसभा निर्धारित समय भन्दा ३ घण्टा ढिलो भइसक्दा पनि अझै सुरु हुन सकेको छैन । आज शुक्रबार दिउँसो १ बजेका लागि आव्हान गरिएको नगर सभा दिउँसो ४ बजिसक्दा पनि सुरु हुन सकेको छैन ।

नगर सभाका सदस्यहरु उपस्थित भएर हाजिर गर्ने क्रम भने जारी रहेको छ । नगर सभाका ६७ जना सदस्यको उपस्थिति हाजिरमा भइसकेको छ । आन्तरिक विवादका कारण नगर सभा सुरु हुन नसकेको बुझिएको छ । चालु आर्थिक वर्षको बजेट कटौति गर्ने विषयमा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरुबीच विवाद भएको बुझिएको छ । जेन जी आन्दोलनका क्रममा हेटौँडा उपमहानगरपालिका र वडा कार्यालयहरुमा पुगेको क्षतिको पुनर्निर्माण गर्न बजेट खर्च गर्नुपर्ने बाध्यताका साथसाथै उपमहानगरको आन्तरिक आयको अवस्था पनि कमजोर भएका कारण बजेट कतौति गर्नुपर्ने बाध्यता उपमहानगरलाई छ ।

नगर सभामा सहभागीहरु ।

तोकिएको समयभन्दा समय अगाडि बढिसक्दा पनि नगर सभा सुरु हुन नसकेको भन्दै केही जनप्रतिनिधि भने आक्रोशित हुँदै फर्किएका छन् । यसअघि पुस ११ गतेका लागि नगर सभा आव्हान गरिएको भए पनि बजेट संशोधनकै विवादका कारण नगरसभा सरेको थियो ।

Exit mobile version