हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । बकैया गाउँपालिका–३ चिसापानीस्थित मदन भण्डारी लोकमार्गमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । सोमबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा चिसापानीबाट हात्तिसुडेतर्फ जाँदै गरेको ना ५७ प ७९३७ नम्बरको स्कुटर तीव्र गतिको कारण आफैँ अनियन्त्रित भई सडकमा पल्टिँएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा स्कुटर चालक चिसापानीका २३ वर्षीय टिकाराम बम्जन मध्यम घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, बकैया गाउँपालिका–४ जुरेली बजारस्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । सोमबार दिउँसो २ बजेर ३० मिनेटको समयमा पावसबाट गरगरेतर्फ आउँदै गरेको ना ४ त ९१७८ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट हेटाँैडाबाट जुरेलीतर्फ जाँदै गरेको बा ७५ प १०५८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–८ बस्ने २२ वर्षीय सिरोन कार्कीको दुवै खुट्टामा चोट लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक बकैया गाउँपालिका–४ बस्ने ४० वर्षीय हिरालाल माझी उपचारमा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।