Home मुख्य समाचार लागूऔषध गाँजासहित तीन जना पक्राउ

लागूऔषध गाँजासहित तीन जना पक्राउ

प्रहरीले बरामद गरेको लागूऔषध गाँजा ।

हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–८ युक्ती खोलाबाट मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार राती ८ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ–८ क्याङराङका ४१ वर्षीय मनिकलाल प्रजा, १९ वर्षीय दिपक प्रजा र १९ वर्षीय सागर तामाङ रहेका छन् ।

प्रहरीले शंका लागेर सुरक्षा जाँच गर्दा उनीहरुको बोकेर हिँडिरहेको बोरा खोल्दा प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको थियोे । प्रहरीले उनिहरुको साथबाट ६६ किलो १० ग्राम गाँजा बरामद गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले गाँजासहित तिनै जनालाई नियन्त्रणमा लिएका छन् र थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Exit mobile version