हेटौँडा : हेटौँडा उपमहानगरपालिका–११, नवलपुरस्थित पूर्व–पश्चिम सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार राती ९ बजेको समयमा सिमराबाट नवलपरासीतर्फ जाँदै गरेको ना ५ ख ५९७० नम्बरको फलामको पाइप लोड गरिएको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको विद्युतको पोलमा ठक्कर खाई सडकबाट करिब १० फिट तल खोल्सामा खसेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा ट्रक चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय गोविन्द चौधरी र सहचालक ६५ वर्षीय तारा कार्की घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि सिएमसी चुरेहिल अस्पताल लगिएको थियो । चालक गोविन्द चौधरीलाई थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको छ ।