हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–५ साल्मेमा लडेर बेहोस भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान जिल्लाको सुपिन्डे नगरपालिका–७ बस्ने ५१ वर्षीय कमल घर्ती रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो १ बजेर ४० मिनेटको समयमा खोपासी–तालढुंगा सडक खण्डमा काम गर्ने क्रममा कमल लडेर बेहोस भएका थिए । कमललाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा दिउँसो ३ बजेर १० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
