विद्यालयलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै पूर्वविद्यार्थी प्रमोदसिंह रानाभाट ।

हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका लागि पूर्वविद्यार्थीले उत्साहजनक सहयोग गरिरहेका छन् । विद्यालय तहको शिक्षा लिएर विभिन्न पेशा, व्यवसायमा रहेका पूर्वविद्यार्थीले विद्यालयले माघ महिनामा आयोजना गर्न लागेको स्वर्ण जयन्तीको सन्दर्भमा विद्यालयका लागि सहयोग गरेका हुन् । बिहीबार र शुक्रबार २ दिनको अवधिमा मात्रै ४ लाख ६० हजार रुपैयाँ भन्दा बढी सहयोग संकलन भएको छ ।

हाल अष्ट्रेलिया निवासी पूर्वविद्यार्थी एदिता नेपालीमार्फत अष्ट्रेलियाली नागरिक डगलास जोन वेटले १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । पूर्वविद्यार्थी प्रमोदसिंह रानाभाटले ५१ हजार १ सय १ रुपैयाँ सहयोग गर्नुभएको छ । रानाभाट मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष हुनुहुन्छ । पूर्वविद्यार्थी अनिल पाण्डे र रमिता पाण्डेले ५१ हजार १ सय ५ रुपैयाँ सहयोग गर्नुभएको छ । पाण्डे दम्पत्ति हेटौँडा–५, पिप्लेस्थित हेटौँडा सिटी कलेज र जेनिथ सेकेन्डरी स्कुलका संस्थापक हुनुहुन्छ ।

पूर्वविद्यार्थी दिदीभाइ दीपिका हुमागाई र प्रभात हुमागाईले ५० हजार ५ सय ५६ रुपैयाँ सहयोग गर्नुभएको छ । नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । विद्यालयका शिक्षक मोहन न्यौपानेले पनि २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । पूर्वविद्यार्थी सुशीला बरालले २२ हजार २ सय २२ रुपैयाँ सहयोग गर्नुभएको छ । पूर्वशिक्षक धनकुमारी गिरीले २२ हजार २ सय २२ रुपैयाँ सहयोग गर्नुभएको छ । पूर्वविद्यार्थी सन्जीव सुवेदीले १७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गर्नुभएको छ । हेटौँडा–१ का सुवेदी भू तथा जलाधार व्यवस्थापन कार्यालय ललितपुरमा कार्यरत हुनुहुन्छ ।

पूर्वविद्यार्थी प्रकाश अधिकारीले १५ हजार ५ रुपैयाँ सहयोग गर्नुभएको छ । अधिकारी बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयमा कार्यरत अधिकृत हुनुहुन्छ । पूर्वविद्यार्थी नविन कुमार सिंहले १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । पूर्वविद्यार्थी रामकृष्ण तिमल्सिनाले १३ हजार १ सय १३ रुपैयाँ सहयोग गर्नुभएको छ । पूर्वविद्यार्थी राजकुमार अर्यालले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । पूर्वविद्यार्थी प्रविण मुखियाले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । मुखिया जय बिश्वकर्मा मोटरसाइकल वर्कसपका सञ्चालक हुनुहुन्छ । पूर्वविद्यार्थी सुभाष सुवेदीले १० हजार रुपैयाँ, पूर्वविद्यार्थी रोशन दाहालले पनि १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । पूर्वविद्यार्थी शोभा गुरुङले ५ हजार ५ सय ५५ रुपैयाँ, पूर्वविद्यार्थी सुशील श्रेष्ठले १ हजार ३ सय रुपैयाँ सहयोग गर्नुभएको छ । यस्तै निर्माण व्यवसायी नरेन्द्र भण्डारीले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यसअघि एक लाख ९१ हजार रुपैयाँ सहयोग संकलन भइसकेको थियो ।