रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा शुक्रबार बिहान रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–२ स्थित संघकै कार्यालय परिसरमा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।

संघकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । संघको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।

पछिल्लो समय हेटौँडामा रगतको माग र वितरणमा सन्तुलन कायम रहेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ । रक्तसञ्चार केन्द्र हेटौँडाले हेटौँडामा संकलन गरेको रगत छिमेकी जिल्ला चितवनसँगै काठमाडौं, लहानसम्म पठाउने गरेको थियो । तर, पछिल्लो समय हेटौँडामै रगतको खपत बढ्दै गएकोले चितवन, काठमाडौं, लहान पठाउन नसकिएको सापकोटाले बताउनुभयो ।