हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित पुष्पाञ्जली अस्पताल अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पौष ११ गते बिहान ११ बजेर ५० मिनेटको समयमा बा.प्र.०६–००६ प ९४९५ नम्बरको मोटरसाइकलको ठक्करबाट भरतपुर महानगरपालिका–१० बालमन्दिर रोड बस्ने ६९ वर्षीया मनमाया घर्ती घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१२ निवासी १९ वर्षीय निखिल शर्मा पनि घाइते भएका थिए । घाइते दुवैलार्ई पुष्पाञ्जली अस्पताल भरतपुर सामान्य उपचार पश्चात थप उपचारका लागि मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा बिहीबार साँझ ५ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।











