हेटौँडा : राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशनबाट अध्यक्षमा रविन्द्रप्रसाद चौलागाई निर्वाचित हुनुभएको छ । शुक्रबार र शनिबार नेपालगन्जमा भएको अधिवेशनबाट मकवानपुरका चौलागाई सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो ।
अधिवेशनमा ८ सय भन्दा बढी कर्मचारीका बीच भब्यताका साथ सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलकोले महाधिवेशन मूल कायक्रमको उद्घाटन गर्नुभएको थियो । चौलागाई नेतृत्वको संघको वरिष्ठ उपाध्यक्षमा कबिराज बराज, महासचिवमा ऋषिराम ज्ञवाली सहित ४१ सदस्यीय केन्द्रीय समिति निवार्चित भएको छ । महाधिवेशनले लिएको नीति र नेतृत्वले आम कर्मचारीमा उच्च मनोबल कायम गर्न कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भई कुशलता पूर्वक सबै समस्याको समाधान गरी राष्ट्रिय वाणिज्य बैंकको श्रीवृद्धिमा जोड दिने विश्वास लिएको छ ।
आम कर्मचारीहरुले संघ माथि देखाएको ठूलो विश्वास र भरोसालाई महाधिवेशनले केवल एउटा समिति परिवर्तनको मात्र होइन संस्थाको हित र प्रगतिका लागि संघले बोकेको संकल्पको विजयको रुपमा लिएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा कर्मचारीहरुले नेपालगंज नगरमा प्लेकार्ड, व्यानरसहित प्रभातफेरी गरेका थिए ।
