सांकेतिक तस्वीर ।

हेटौँडा : मोटरसाईकलले ठक्कर दिँदा घाईते भएका मनहरी–३ का ७० वर्षीय रघुनाथ पौडेलको मृत्यु भएको हो । नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत पौडेललाई शनिबार बेलुका ७ बजेर ४० मिनेटको समयमा डाक्टरले मृत्त घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९, बस्तिपुरमा बाटो बाट्ने क्रममा नेवारपानीबाट बस्तीपुरतर्फ जाँदै गरेको बा प्र ०३–००५ प ६४२९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पौडेल घाइते भएका थिए । दुर्घटनामा मोटरसाईल चालक हेटौँडा–१९ बस्तीपुर निवासी २७ वर्षीय बिजय घलान र पछाडी सवार सोही स्थानका १८ वर्षीय रोशन गोले पनि घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि सुरुमा हेटौँडास्थित चुरेहिल अस्पताल पठाइएको थियो । बुधबार थप उपचार लागि पैदलयात्री पौडेललाई भरतपुरस्थित चितवन मेडिकल कलेज पठाइएको थियो । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।