हेटौँडा : जेसीआई हेटौँडा वर्ष २०२६ को अध्यक्षका लागि सन्तोष पराजुली निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा १०७ मतसहित पराजुली अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का आकांक्षी जीवन ढकालले ७८ मत प्राप्त गर्नुभयो ।
यसअघि कार्यकारिणी उपाध्यक्षमा संजय कुमार न्यौपाने र विपिन ताम्राकार, उपाध्यक्षमा अशोक कुमार सिंह, विनोद वाग्ले, विवेक बानियाँ र श्रृजन बज्राचार्य सर्वसम्मत निर्वाचित हुनुभएको थियो । कार्यकारिणी उपाध्यक्षका आकांक्षी संजीव तिमल्सिना ककसमा सहभागी नहुँदा न्यौपाने र ताम्राकार सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
युवाको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील जेसीजको नयाँ समिति चयनपछि अध्यक्षले महासचिवसहित विभिन्न पदमा सदस्यहरुलाई मनोनित गर्नुहुनेछ । एक वर्षे कार्यकालमा जेसीजले सामाजिक सेवाको क्षेत्रमा विविध क्रियाकलाप गर्ने गरेको छ ।












