Home मुख्य समाचार सफ्टवेयर दर्ता अभिलेखीकरणसम्बन्धी अभिमुखीकरण

सफ्टवेयर दर्ता अभिलेखीकरणसम्बन्धी अभिमुखीकरण

अभिमुखीकरणको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : सहकरीहरुको लागि सफ्टवेयर दर्ता अभिलेखीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुरको आयोजनामा संघ सदस्यहरुका लागि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

संघका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सहकारी ऐन बमोजिम बचत तथा ऋण कारोबर गर्ने सहकारीहरुले सफ्टवेयरमा अनिवार्य दर्ता गनुपर्ने व्यवस्था छ ।
कार्यक्रममा जिल्ला बचत सहकारीका संयोजक सुनिल भ्लोनले सफ्टवेयरमा दर्तासम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । सहकारी विज्ञ डा.रमेश चौलागाईंले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो । कार्यक्रमा संघका सदस्य सहकारीका व्यवस्थापकहरुको उपस्थिति थियो ।

Exit mobile version