हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–१ बाट दीपक बहादुर सिंहको एकल नाम सिफारिस भएको छ । राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ सिंहको एकल नाम सिफारिस गरेको हो ।
यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिंह मकवानपुर–१ बाटै निर्वाचित हुनुभएको थियो । सिंहले प्रतिनिधि सभामा पूर्वाधार विकास समितिको सभापतिको रुपमा जिम्मेवारी सम्हाल्ने अवसर समेत प्राप्त गर्नुभएको थियो । बैठकले समानुपातिकतर्फ उमेश थापा र नवराज थपलिया, अरुण लामा, मनोज कुमार मोक्तान र बालकृष्ण श्रेष्ठ, सरस्वती कुमारी थिङ र मनिषा स्याङ्तान, हीराकुमारी भट्ट, हीरा चौरेल, सन्देश परियार, दिपु सुनार र शुक्रराज प्रजाको नाम सिफारिस गरेको छ ।
