Home मुख्य समाचार लागूऔषध नाईट्राजेपामसहित दुई जना पक्राउ

लागूऔषध नाईट्राजेपामसहित दुई जना पक्राउ

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : प्रतिबन्धित लागूऔषध नाईट्राजेपामसहित रौतहटका दुई जना पक्राउ परेका छन् । आइतबार साँझ ५ बजेको समयमा रौतहट जिल्लाको परोहा–६ का २३ वर्षीय शेख महफुल आलम र २० वर्षीय शाहिल शेखलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कुलेखानी–काठमाडौं सडक खण्डअन्तर्गत इन्द्रसरोवर–२, सिमखोलामा सवारी साधनहरु रोकेर सुरक्षाजाँच गर्ने क्रममा कुलेखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५१ प २२०९ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो । मोटरसाइकलको सिटमुनी लुकाएर राखिएको अवस्थामा लागूऔषध नाईट्राजेपाम २०० ट्याबलेट फेला परेको प्रहरीको भनाइ छ । मोटरसाइकल चालक महफुल र पछाडि सवार शाहिललाई हिरासतमा राखी मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version