Home मुख्य समाचार ओलीविरुद्ध उभिँदा लगातार किनारामा परेका अरुण नेपाल

ओलीविरुद्ध उभिँदा लगातार किनारामा परेका अरुण नेपाल

नेता अरुण नेपाल

हेटौँडा : नेकपा एमालेका सिन्धुपाल्चोक जिल्लाका प्रभावशाली नेता अरुण नेपाल एमाले उपाध्यक्ष पदमा पाजित हुनुभएको छ । बिहीबार सम्पन्न मतगणनामा उहाँले ४९३ मत प्राप्त गर्नुभयो । पार्टीभित्रको आन्तरिक शक्ति संघर्षमा लगातार पेलिँदै आउनुभएका नेपाल २०७७ मा तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णय विरुद्ध उभिएर पदबाट राजीनामा समेत दिनुभएको थियो । ओलीले गरेको संसद विघटनको विपक्षमा उभिएयता उहाँको राजनीतिक यात्रामा निरन्तर बाधा देखिएको छ ।

तत्कालीन समयमा पार्टी विभाजनको संघारमा पुग्दा एमालेमै रहने निर्णय गर्नुभएका नेपाल सो समयको ‘१० भाइ’ टोलीमा हुनुहुन्थ्यो । २०७७ सालमा वागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नु भएका नेपालले ओलीको उक्त कदमको विरोध गर्नुहुँदै मन्त्री पदबाट राजीनामा दिनु भएको थियो । सो समयमा नेपाल बागमती प्रदेश सभा सदस्य एवम् उद्योग पर्यटन वन तथा वातावरण मन्त्री हुनुहुन्थ्यो । २०७४ बाट उक्त पदमा रहनुभएका नेपालले २०७७ पुसमा ओलीको कदमको विरोध गर्दै राजीनामा दिनुभएको थियो ।

एमालेकी तत्कालीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र उहाँका श्रीमान् अमृत बोहराका विश्वासपात्र मानिने नेपाललाई सो समयदेखि निरन्तर पार्टी संगठन भित्र पेलिँदै आउनुभएको छ । वैचारिक र बौद्धिक नेताको रुपमा परिचित उहाँ विरुद्ध नेतृत्वले सिन्धुपाल्चोककै अर्का नेता सरेश नेपाललाई अघि सारेको थियो । २०७७ को अन्त्यतिर अरुण नेपालको विकल्पका रुपमा सरेश नेपाललाई बागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत बनाइएको थियो ।

त्यसो त जिल्ला राजनीतिमा नेपालद्वयको सम्बन्ध पहिलेदेखि नै सौहाद्र्धपूर्ण छैन । पार्टीभित्रको अन्तरसंघर्षमा १० भाइ समूहमा लागेपछि नेपाललाई सांगठनिक जिम्मेवारी र निर्वाचन दुवैमा पछि पर्दै आएका अरुण २०७८ मा नेकपा विभाजनको समयमा एमालेमा नै रहेर संघर्ष गर्ने गरी १० भाइ समुहमा बस्नु भएको थियो ।

२०७९ को निर्वाचनमा सिन्धुपाल्चोकबाट उम्मेदवार बन्ने तयारीमा रहनुभएका उहाँलाई टिकटबाट बञ्चित गरिएको थियो । उम्मेदवार नै नबनाइएपछि र कुनै ठोस सांगठनिक भूमिका नपाएपछि उनी राजनीतिक गतिविधिमा ओझेलमा पर्नुभएको थियो । पछिल्लो समय उहाँ एमालेभित्रको १० भाइ समूहकै लिगेसीसहित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुल्नुभएको थियो । हालै सम्पन्न एमालेको अधिवेशनमा (११औं महाधिवेशनको सन्दर्भमा) ईश्वर पोखरेलको टिमबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका उहाँ पराजित हुनुभयो । उपाध्यक्षमा पराजित हुनुभएपछि २०७७ को त्यो विद्रोहपछि अरुणको पार्टीमा पुनरागमनका लागि गरेको यो प्रयास पनि असफल भएको छ ।

Exit mobile version