Home मुख्य समाचार हेटौँडामा गाँजा खेती, प्रहरीले गर्‍यो फँडानी

हेटौँडामा गाँजा खेती, प्रहरीले गर्‍यो फँडानी

प्रहरीले गाँजा खेती फँडानी गर्दै तस्वीर ।

हेटौँडा : हेटौँडा उपमहानगर क्षेत्रमै गाँजा खेती भएको पाइएको छ । प्रहरीले हेटौँडा–१५ र १६ नम्बर वडामा गाँजा खेती फँडानी गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर, बागमती प्रदेश प्रहरी गण र सशस्त्र प्रहरी बल १४ नम्बर गणको संयुक्त टोलीले बिहीबार गाँजा खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले चिप्लेटी, बंगेली, कासघारी, शक्तिखोला, खानीखेत र दिलेखोलामा अवैध रुपमा गरिएको लागूऔषध गाँजा खेती फँडानी गरेको हो । प्रहरीले १० विगाहा जमिन फँडानी गरेको जनाएको छ ।

Exit mobile version