Home मुख्य समाचार लागूऔषध खैरोहेरोइनसहित पदमपोखरीका रामबहादुर पक्राउ

लागूऔषध खैरोहेरोइनसहित पदमपोखरीका रामबहादुर पक्राउ

रामबहादुर गोलेको साथबाट बरामद भएको लागूऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ

हेटौँडाः प्रतिबन्धित लागूऔषध खैरोहेरोइनसहित हेटौँडा–१३ पदमपोखरीका ३३ वर्षीय रामबहादुर गोले पक्राउ परेका छन् । मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा गोलेलाई लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ स्थित रातामाटे चेक पोईन्टमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा बिरगँजबाट नारायणघाटतर्फ जाँदै गरेको बा प्र ६–००१ ज ०४५१ नम्बरको यात्रुबाहक ईभि गाडीबाट उनलाई पक्राउ गरिएको हो । उनको साथबाट लागूऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ २ ग्राम १२० मिली ग्राम फेला परेको प्रहरीको भनाइ छ । मकवानपुर जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version