Home मुख्य समाचार ट्र्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु, १९ जना घाइते

ट्र्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु, १९ जना घाइते

दुर्घटना ग्रस्त ट्र्याक्टरको तस्वीर ।

हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७, अँधेरीमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मंगलबार दिउँसो २ बजेर ३० मिनेटको समयमा लु ५ त १७४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परेर बकैया गाउँपालिका–७ अँधेरी बस्ने ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षका सन्तलाल माझीसहित १९ जना घाइते भएका थिए । हेटौंडा अस्पतालमा सामान्य चेक जाँच पश्चात चिकित्सकले केशव, युवराज र सन्तलाललाई मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये केहीको हेटौंडा अस्पताल तथा केहीको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ ।

Exit mobile version