Home मुख्य समाचार कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेर्टौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–५, शान्तिचोक नजिकै कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार राती ८ बजेको समयमा शान्तिचोकबाट सिएमसी कलेजतर्फ जाँदै गरेको बा.प्र.०१–०२५ च ३९०१ नम्बरको कारले बिपरित दिशाबाट आउँदै गरेको ना ४० प ३४४ नम्बरको स्कुटरलाइ ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

कारको ठक्करबाट स्कुटर चालक भरतपुर महानगरपालिका–१५, मंगलपुर बस्ने ५३ वर्षीय गोपाल बहादुर पण्डित गम्भिर घाइते भएका थिए । घाइते पण्डितलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडीकल कलेज लगिएको थियो । उपचारको क्रममा पण्डितको राती ८ बजेर २० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । कार भरतपुर महानगरपालिका–१५, का ४६ वर्षीय रामलाल श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

Exit mobile version