हेटौँडा: मकवानपुरका २ युवा लागूऔषध गाँजासहित पर्सा जिल्लाबाट पक्राउ परेका छन् । सोमबार दिउँसो ३ बजेको समयमा पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२, रंगपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पर्सा जिल्लाको मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बी ए बी २३९८ नम्बरको कारको सुरक्षाजाँच गर्ने क्रममा प्रहरीले मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८, महभीरटोलका ३२ वर्षीय भीम स्याङ्तान र मकवानपुरगढी गाउँपालिका–१, आँपटारका ३८ वर्षीय कुमार स्याङ्तानलाई लागूऔषध गाँजा १०४ केजी ३२५ ग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले सूचनाको आधारमा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
