हेटौँडा : २० वर्ष भन्दा कम उमेरकी छोरीको विवाह गराइदिन खोज्ने बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । २० वर्ष भन्दा कम उमेरकी आफ्नी छोरीको विवाह गरिदिन खोज्ने बारा जिल्लाको करैयामाई गाउँपालिका–१, हरैयाटोलका ४४ वर्षीय जाकिर हुसेन देवानलाई बुधबार राती साढे १० बजेको समयमा प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिक गान्सु प्रान्तका २२ वर्षीय निउ युविनसँग हुसेनले छोरीको विवाह गरिदिन खोजको प्रहरीले जनाएको छ । प्रहरीले हसैन देवान र चिनिया नागरिकलाई नियन्त्रणमा लिइएको जनाएको छ । विद्यमान कानूनले २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु, गराउनुलाई दण्डनीय मानिन्छ ।
