हेटौँडा : चोरीको स्कुटरसहित मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
मंसिर ३ गते बिहान हेटौँडा–१० स्थित गोरक्षेश्वर मन्दिर परिसरबाट चोरी भएको स्कुटरसहित मकवानपुर प्रहरीले हेटौँडा–९ का ३७ वर्षीय रितेश श्रेष्ठलाई पक्राउ गरिएको बिहीबार जानकारी दिएको छ । हेटौँडा–२ का सुमनलाल श्रेष्ठको नाममा रहेको ना १८ प ५३३८ नम्बरको स्कुटर चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीको घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
