Home मुख्य समाचार हेटौंडाका गेहेन्द्र राजभण्डारी बेल्जियमको राजदूत सिफारिस

हेटौंडाका गेहेन्द्र राजभण्डारी बेल्जियमको राजदूत सिफारिस

बेल्जियमका लागि राजदूत सिफारिस गेहेन्द्र राजभण्डारी

हेटौंडाः नेपाल सरकारले हेटौंडाका गेहेन्द्र राजभण्डारीलाई बेल्जियमको राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई राजदूत नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको हो । उहाँसँगै जर्मनीका लागि तापस अधिकारी र पाकिस्तानका लागि रामकाजी खड्कालाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।

गेहेन्द्र राजभण्डारी अहिले परराष्ट्र मन्त्रालयको सहसचिव हुनुहुन्छ । यसअघि राजभण्डारी कन्सुलर विभागको महानिर्देशक भएर काम गरिसक्नु भएको छ भने उहाँले केही समय जापानका लागि कार्यवाहक राजदूतको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । निजामति सेवामा परराष्ट्रतर्फबाट प्रवेश गर्नुभएका राजभण्डारीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएकोे छ । हेटौंडा–४, गर्दोईका गेहेन्द्र राजभण्डारीले विद्यालय शिक्षा श्रमिक माविबाट हासिल गर्नुभएको हो भने उच्च शिक्षा मकवानपुर बहुमुखी क्याम्पसबाट हासिल गर्नुभएको हो ।

Exit mobile version