हेटौँडा : गत भदौमा जेन जी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका मकवानपुरको थाहा नगरपालिका–९, बस्नेतटोलका ३२ वर्षीय भुपेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
बस्नेतलाई ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बस्नेत लागूऔषध खैरोहिरोइन मुद्दामा कारागारमा सजाय भोग्दै आएका थिए । प्रहरीले बस्नेतलाई आवश्यक कारवाहीका लागि भीमफेदी कारागारमा बुझाएको छ ।
