हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सन्देश मास्के आउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई मास्के आउनुभएको ५ नम्बर वडा अध्यक्ष हरिबहादुर प्रजाले जानकारी दिनुभयो । संखुवासभा घर भएका मास्केलाई सोमबार राक्सिराङ गाउँपालिकामा स्वागत गरिएको हो ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत रहनुभएका पदमबहादुर बस्नेत गृह मन्त्रालय अन्तर्गत सरुवा हुनु भएको हो । उहाँ ८ महिना ९ दिन काम गरेर शुक्रबार बिदा हुनुभएको वडा अध्यक्ष प्रजाले बताउनुभयो ।