हेटौँडा : जेन जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एकजना र फरक मुद्दामा फरार एकजना प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
चोरी मुद्दामा ललितपुरको नख्खु कारागारबाट जेन जी आन्दोलनका क्रममा फरार भएका हेटौँडा–१३ का विजय श्रेष्ठलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । प्रहरीले श्रेष्ठलाई कैद भुक्तानका लागि भीमफेदी कारागार पठाएको छ । यस्तै लागूऔषध डाइजेपामसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका हेटौँडा–४ का अनिस तामाङलाई बिहीबार मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तामाङलाई पनि प्रहरीले पुर्पक्षका लागि भीमफेदी कारागार पठाएको जनाएको छ ।
